Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

पका अर्थात काले तामाङको नाम अब 'प्रकाश मोक्तान', घरैमा पुगेर दिइयो नागरिकता

इलाका प्रशासन कार्यालय दिङ्लाको टोलीसहित जनप्रतिनिधीहरुको उपस्थितिमा षडानन्द नगरपालिका–१० साङ्पाङ् छाप्ले गाउँस्थित घरमै पुगेर उनलाई नागरिकता दिइएको हो । प्रकाशले ४१ वर्षमा नागरिककता पाएका हुन् ।
उद्‌घोष सम्वाददाता
१६ भदौ २०८१, आइतवार

विराटनगर । लोकप्रिय युट्युब च्यानल ‘हेर्ने कथा’ ले प्रशारण गरेको ‘हराएका वर्षहरु’ का मुख्य पात्र पका अर्थात काले तामाङको नाम ‘प्रकाश मोक्तान’ कायम भएको छ । उनलाई आइतबार घरैमा पुगेर जन्मको दर्ता प्रमाणपत्र र त्यस लगत्तै नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रकाशलाई इलाका प्रशासन कार्यलय प्रमुख बिनोद अधिकारी र षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । वडा नम्बर १० का वडाध्यक्ष प्रेमा दोर्ची शेर्पाले उनलाई जन्मदर्ताको प्रमाणपत्र प्रदान गरेका थिए । प्रकाशको जन्म मिति २०३७ साल फागुन १० गते कायम भएको जनाइएको छ ।

उनले इलाका प्रशासन कार्यालय दिङ्लाबाट ०९–०२–८१–००३५७ नम्बरको नागरिकता प्राप्त गरेको प्रकाशलाई सहयोग जुटाउन सक्रिय रहेका पत्रकार राजेश राईले जानकारी दिए । 

इलाका प्रशासन कार्यालय दिङ्लाको टोलीसहित जनप्रतिनिधीहरुको उपस्थितिमा षडानन्द नगरपालिका–१० साङ्पाङ् छाप्ले गाउँस्थित घरमै पुगेर उनलाई नागरिकता दिइएको हो । प्रकाशले ४१ वर्षमा नागरिककता पाएका हुन् ।

प्रकाश चुमभ्यालीबाट अन्तिम विदाई भएर शनिबार भोजपुरस्थित घर फर्किएका हुन् । गलैंचा बुन्नका लागि काठमाडौं पुगेका उनी १० बर्षको उमेरमा बेपत्ता भएका थिए । उनी गोरखा जिल्लाको उच्च हिमाली क्षेत्र चुमभ्यालीमा पुगेका थिए । करिव ३६ बर्षपछि उनलाई ‘हेर्ने कथा’ ले प्रशारण गरेको ‘हराएका वर्षहरु’ मार्फत घर फर्किएका थिए । 

View : 248

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved