Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुनको मूल्यमा नयाँ कीर्तिमान

उद्‌घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

काठमाडौँ, ५ भदौ । स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला  एक लाख ५३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला  एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ ।

मङ्गलबार प्रतितोला  एक लाख ५२ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज  आठ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा  १५ ले बढेको छ ।

मङ्गलबार प्रतितोला  एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार आठ सय ३५ निर्धारण भएको छ ।  रासस
 

View : 216

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved