Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुनको मूल्य तोलाको एक लाख ५० हजार

उद्‌घोष सम्वाददाता
२१ साउन २०८१, सोमवार

काठमाडौँ, २१ साउन । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

View : 251

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved