Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

उद्‌घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

कैलाली, ५ भदौ ।   निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् । 

कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । निरन्तरको वर्षाका कारण पानिको सतह सडकभन्दा माथि पुगेको छ । 

वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन् । उनीहरु आफन्तकहाँ बसेका छन । पाँच परिवारलाई स्थानान्त्रण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ ।  

गौरीगङ्गा नगरपालिमा पनि केही घर डुबानमा परेका छन् । गौरीगङ्गा–७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं–९ शङ्करपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताए ।  रासस

View : 207

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved