Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य

उद्‌घोष सम्वाददाता
२५ साउन २०८१, शुक्रवार

काठमाडौँ, २५ साउन । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा  एक हजार पाँच सयले वृद्धि भएको छ । 

बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । 

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा  ४० ले वृद्धि भएको छ । 

विहीबार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ । रासस
 

View : 344

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved