विराटनगर । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा समाजवादी ट्रेड युनियन महासंघ कोशी प्रदेशले सरसफाइ कार्यक्रम गरेको छ ।
महासंघले बुधबार विराटनगरका विभिन्न सार्वजनिक स्थलहरूको सरसफाइ गरेको हो । सो अवसरमा विराटनगरको रानीस्थित बैंक चोक, हुलास मेटल र दुर्गा मन्दिर परिसर सहित उक्त क्षेत्रको सडकको सरसफाई गरिएको थियो ।
कार्यक्रममा समाजवादी ट्रेड युनियन आबद्ध रिलायन्स स्पिनिङ मिल्स र वागमती प्लास्टिक इकाईका मजदुरका र महासंघ आबद्ध श्रमिकहरू सहभागी भएका थिए । विराटनगर महानगरपालिसँगको समन्वयमा कार्यक्रम गरिएको आयोजक संस्थाका सचिव विकास मण्डलले जानकारी दिए ।
सरसफाइ कार्यक्रमपछि हुलास मेटलचोकमा आयोजित कोणसभामा बोल्दै समाजवादी ट्रेड युनियन महासंघका कोशी प्रदेश अध्यक्ष मोहम्मद नसरुलले बेरोजगारी समस्या समाधान नभएसम्म देशको उन्नति प्रगति हुन नसक्ने बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका मोरङका कार्यवाहक अध्यक्ष मन्तलाल यादव, जिल्ला सहसचिव दिनेश साह र प्रचारप्रसार समितिका प्रवक्ता राकेशरोशन यादव लगायतको सहभागिता थियो ।
View : 277
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved