Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

एभरेष्ट स्कुलमा स्पोर्टस् मीट सुरू

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा शुक्रबारदेखि वार्षिक स्पोर्टस् मीट सुरु भएको छ । 

सप्ताहब्यापी कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन नर्सरीदेखि कक्षा तीनसम्मका विभिन्न स्पर्धाहरू सम्पन्न भएका छन् । विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार कक्षा नर्सरीका लागि ‘ब्यालेन्स रेस’, ‘स्वीट रेस’ र ‘म्यूजिकल चेयर’ का स्पर्धा भएका छन् ।

यस्तै एलकेजीका विद्यार्थीहरुको ‘स्वीटर रेस’ र ‘वेट पौरिङ’ का स्पर्धा भएका छन् । यूकेजीका विद्यार्थीहरूको बेलुन फुटाउने, ‘रेडि टु स्कुल’ ‘म्यूजिकल चेयर’ र ५० मिटर दौडका स्पर्धा भएको जनाइएको छ ।

कक्षा एकका विद्यार्थीहरुको बोतल भर्ने स्पर्धा गरेका छन् । त्यस्तै ‘म्यूजिकल चेयर’, ‘म्याथ रेस’, सियोमा धागो छिराउने स्पर्धा र ५० मिटर दौडमा सहभागी भएको जनाइएको छ ।

कक्षा दुई र तीनका विद्यार्थीहरुको ५० मिटर र १०० मिटर दौड तथा ‘म्याथ रेस’ र ‘मार्वल एण्ड स्पून रेस’ का स्पर्धामा उत्रिएका छन् ।

स्पोर्टस् मीट अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीहरुको १०० मिटर, २०० मिटर दौड, ‘म्याथ रेस’ ‘मार्वल एण्ड स्पून रेस’ हुने विद्यालयले जनाएको छ ।

कक्षा ६ र ७ का विद्यार्थीहरुको लङजम्प, १०० मिटर, २०० मिटरको दौड हुनेछ । यस्तै ६ र ७ का विद्यार्थीहरुको १०० गुणा ४ रिले समेत हुनेछ ।

कक्षा ८ र ९ का विद्यार्थीहरुको लङजम्प, ज्याभ्लिन थ्रो, सटपुट, भलिबल, दौडका विभिन्न स्पर्धा, ट्रिपलजम्प हुनेछन् । 

प्रतियोगिता अन्तर्गतका कतिपय विधामा छात्र तथा छात्राहरुको छुट्टाछुट्टै स्पर्धाहरु हुने अतिरिक्त कृयाकलाप इन्चार्ज डंगोलले बताइन् । 

उनका अनुसार ७ गतेसम्म सञ्चालन हुने स्पोर्टस् मीटका विजेता खेलाडीहरुलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने छ ।

View : 90

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved