विराटनगर । भोजपुरको बोयामा जन्म भई काठमाडौंलाई कर्मथलो बनाउँदै आएका नागरिकहरूको संस्था 'वोया सेवा समाज काठमाडौं'को विशेष बैठक मङ्गलबार काठमाडौंमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष हरिकुमार राईकाे सभापतित्वमा भएकाे वैठकमा नजिकिँदै गरेको तिहार पर्वको अवसर पारेर आयोजना गरिएको उक्त बैठकमा संस्थाका आगामी कार्यदिशा तथा सामाजिक गतिविधिबारे छलफल गरिएको छ।
संस्थाले आफ्नो जन्मभूमि बोयाको सामाजिक, शैक्षिक तथा सांस्कृतिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
यसै क्रममा गत असार महिनामा बोया समाजले ग्रामीण सेवालाई निरन्तरता दिनेपुगेर संस्थाले एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा नगद सहित सम्मानका साथै स्थानीय शिक्षकहरूलाई पनि सम्मान गरेको थियो।
शैक्षिक क्षेत्रबाहेक समाजले स्थानीय सांस्कृतिक प्रवर्द्धनमा समेत जोड दिँदै आएको छ।
भाेजपुरका कर्णाली भनेर चिनिने बोया क्षेत्रमा रहेका नेवार, राई, तामाङ लगायत विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूको उत्थान र परम्परा संरक्षणका लागि संस्थाले नगद सहयोग समेत प्रदान गरिसकेको छ।
आगामी दिनहरूमा पनि यस्ता रचनात्मक र सामाजिक सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समाजले जनाएको समाजका आइत्रकुमार राईले बताए ।
View : 70
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved