विराटनगर । पतञ्जली योग समिति विराटनगरका पूर्व अध्यक्ष तथा वरिष्ठ योग प्रशिक्षक ध्रुव तामाङ मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।
झापा गएका उनी रंगेली हुँदै विराटनगर फर्कने क्रममा कर्सियामा भएको दुर्घटनामा परी उनको बायाँ हातको पाखुराको हड्डी भाँचिएको छ।
घाइते तामाङको विराटनगर–१० स्थित न्यूरो अस्पतालमा वरिष्ठ हाड तथा जोर्नी रोग विशेषज्ञ डा. नवीन कर्णको चिकित्सक टोलीद्वारा सोमबार पाखुराको सफल शल्यक्रिया गरिएको छ।
शल्यक्रियापछि हाल उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ।
आइतबार बेलुका मदिरा सेवन गरेका अर्का सवारी चालकले सडकमा जथाभावी रूपमा सवारी साधन चलाउँदा, उनलाई जोगाउने प्रयास गर्दा तामाङले चलाएको मोटरसाइकल असन्तुलन भई दुर्घटना भएको पतञ्जली योग विराटनगर महानगर अध्यक्ष माधव अधिकारीले जानकारी दिएका छन्।
दुर्घटनालगत्तै सँगै आएका अर्का मोटरसाइकल चालक साथीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि न्यूरो अस्पताल पुर्याएका थिए।
सामाजिक क्षेत्रमा सक्रिय तामाङ विराट इलेक्ट्रिसियन स्वतन्त्र संगठनका पूर्व अध्यक्ष समेत हुन्।
View : 58
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved