Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

झुम्का कारागारका पाँचसय ५६ कैदी अझै फरार

उद्‌घोष संवाददाता
३ मंसिर २०८२, बुधवार

विराटनगर । कोशी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

जेनजी आन्दोलको दोस्रो दिन भदौ २४ गते ठूलो सङ्ख्यामा आएका जमातले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको थियो ।

कारागारका प्रशासनको होसियारीले कारागारमा आगजनी हुन सकेन तर सो समयमा रहेका एक हजार ७९६ कैदी भने भाग्न सफल भएका थिए । सो दिन तीन जना कैदी बिरामी भएका कारण अस्पतालमा रहेको कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिए ।

फरार सबै कैदीमध्ये केही आफै फर्केर आएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो ।

फरार रहेका ५५६ कैदीबन्दीको व्यापक खोजतलास भइरहेको प्रमुख लामिछानेले बताए ।

View : 207

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved