Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सोलुको माप्यदुधकोशी गाउँपालिकाले ‘एभरेष्ट–दुधकोशी कल्चरल ट्रेल’ सुरुवात गर्दै

उद्‌घोष संवाददाता
१३ भदौ २०८२, शुक्रवार

विराटनगर । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाले नयाँ पर्यटकिय पदमार्गको पहिचान गरी औचारिक घोषणा गर्ने तयारी अघि बढाएको छ ।

पालिकालाई पर्यटन क्षेत्रको विकास केन्द्रीत गरी नयाँ पर्यटकीय गन्तव्यको खोज अनुसन्धान गर्दै आएको माप्यदुधकोशीले पहिचान गरेको ‘एभरेष्ट–दुधकोशी कल्चरल ट्रेल’ को औपचारिक शुरुवात गर्न लागेको हो ।

पालिकाले पाँचदेखि नौ दिनसम्मको अवधिमा पुरा गर्न सकिने सो पर्यटकीय पदमार्गको शुरुवात गर्न लागेको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को सहकार्यमा संचालित जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन कार्यक्रमको सहयोगमा यो पदमार्ग पहिचान गरी घोषणा गर्न लागिएको उनले बताए ।

अध्यक्ष राईका अनुुसार भदौ १६ मा काठमाण्डौ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा भव्य कार्यक्रमका बिच ‘एभरेष्ट–दुधकोशी कल्चरल ट्रेल’ को औपचारिक घोषणा गरिनेछ । 

यस पदमार्गबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य अग्ला हिमश्रृखंला, प्राकृतिक तथा साँस्कृतिक सम्पदा, पहाडि तथा हिमाली गाउँघर, रहनसहन र गुराँस फुल्ने वनको मनमोहक दृश्य अवलोकन गर्दै पैदल मार्गको आनन्द लिन सकिने छ ।

त्यसैगरी ‘रक क्लाईम्बिङ’ का लागि समेत प्रचुर सम्भावना रहेकोले पालिकाले विगतदेखि नै यो पदमार्गलाई प्रवर्द्धन गर्ने उद्धेश्य राखेको जनाइएको छ ।

यस पदमार्गमा म्याराथन समेत सम्भावना रहेकोले गाउँपालिकाले एकीकृत रुपमा पर्यटन प्रवर्द्धनको कार्यक्रम अघि बढाएको अध्यक्ष राईले बताए ।

View : 358

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved