Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख

उद्घोष सम्वाददाता
१८ असोज २०८१, शुक्रवार

काठमाडौँ, १८ असोज । नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  पाँच लाख छ हजार पाँच सय ५० प्रदान गरेको छ ।

एनसिसीएस र समूहमा आबद्ध शिक्षक तथा कर्मचारीका तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको समूहका निर्देशक सन्तोषराज मास्केले बताए ।

साथै उनले देश दैवी विपत्तिमा परेका बेला विगतमा पनि समूहले सहयोग गरेको उनले स्मरण गरे ।

मुलुकको शैक्षिक उन्न्नयन तथा दक्ष जनशक्ति उत्पादनमा समूहका शैक्षिक प्रतिष्ठानले सक्दो योगदान गर्दै आएको उनले बताए ।  रासस

View : 80

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved