विराटनगर : विश्व खाद्य दिवसको अवसरमा एसियाका साना कृसकहरुसग ऐक्यबद्धता जनाउँदै दिगो बिकास इन्स्टिच्युट, जागरण विराटनगर, राजसती र सर्बदा महिला सहकारी संस्थाका सदस्यलगायत कृषि अभियन्ताहरुले विराटनगरमा भेला गरेका छन् ।
विराटनगरको रोडशेष चोकमा ५५ जना अभियन्ताहरु भेला भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित सरोकारवाललाई लेखिएको नागरिक सरोकारको पत्र पढेर सुनाइएका थिए ।
स्थानीय आवश्यकता अनुसार, स्थानीय खाद्य उत्पादन प्रणाली, कृषि जनताका लागि, नाफाका लागि मात्र होइन, खाद्य र जलवायु न्याय बिना लैङ्गीक न्याय सम्भव छैन, साना किसानको उन्नति देशको प्रगति, बिषादीरहित कृषि, अबको आवश्यकता लगायतका नारा लेखिएको ब्यानर तथा प्लेकार्डहरू समातेर अभियन्ताहरु उपस्थित भएका थिए ।
कृषि अभियान्ताहरुले मुख्यमन्त्री तथा कृषि मन्त्रालयलाई किसानको स्थानीयता, स्वतन्त्र र दिगो खाद्य उत्पादनलाई समर्थन गर्न, साना किसानका उत्पादनलाई प्राथमिकता दिन र साना किसानमुखी नीतिहरू बनाउन आग्रह गरेका थिए ।
गत बर्ष पनि खाद्य दिवसको अवसर पारेर दिगो बिकास इन्स्टिच्युटलगायत बिभिन्न खाद्य अभियन्ताहरुद्वारा विराटनगरमा रैथाने खाद्य तथा कृषि मेला गरेका थिए ।
View : 113
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved