Biratnagar, Morang, Nepal
१९ फागुन २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

नेकपा एमाले मोरङ १० औं अधिवेशन

निर्वाचनमा ढिलासुस्ती, अझै प्रकाशन भएन मतदाता नामवली

बिहान ८ बजे नै बोलाइएका अधिवेशन प्रतिनिधिहरू अहिले चिया खाजा खाएर यताउता गर्नेबाहेकका केही कार्यक्रम अघि नबढेको एक अधिवेशन प्रतिनिधिले बताए ।
उद्‌घोष सम्वाददाता
१९ फागुन २०८१, सोमवार

दिउँसो ११ बजेसम्म पनि बन्दसत्र सुरु नभएपछि हलबाहिर गफ गर्दै बसेका अधिवेशन प्रतिनिधिहरू ।

Advertisement

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम सोमबार ११ बजेसम्म पनि सुरु हुन सकेको छैन । बिहान ८ बजे नै बोलाइएका अधिवेशन प्रतिनिधिहरू अहिले चिया खाजा खाएर यताउता गर्नेबाहेकका केही कार्यक्रम अघि नबढेको एक अधिवेशन प्रतिनिधिले बताए ।

निर्वाचन कमिटीले पनि एक सूचना गर्दै पूर्वनिर्धारित निर्वाचन कार्यक्रम परिमार्जित भएको सूचना टाँस गरेको छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले निर्वाचन कार्यक्रम अब साढे ११ बजेबाट सुरु हुने उल्लेख गरेका छन् ।

जिल्ला कमिटीबाट मनोनित गरेका प्रतिनिधिलगायतका विषयमा विवाद भएका कारण निर्वाचन कार्यक्रम पर सरेको एक प्रतिनिधिले बताए । प्रतिनिधि सम्बन्धी विवाद नसुल्झी निर्वाचन कमिटीले सूचना जारी गरेकाले पछिल्लो घोषित समयमा पनि निर्वाचन कार्यक्रम बढ्ने वा नबढ्ने संशय भने कायमै देखिन्छ ।

यअसघि केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालले सोमबार बिहानदेखि मनोनयन दर्ता सुरु हुने प्रष्टीकरण दिएका थिए । ‘हामी प्रतिनिधिहरूलाई समयमै घर पठाउन प्रतिवद्ध छौं, सोमबार बिहान मनोनयन दर्ताको काम अघि बढ्छ’ नेपालले भनेका थिए ।

निर्वाचन सम्पन्न गर्न एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य नेपालको नेतृत्वमा बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी बनाइएको छ । सोही कमिटीले १० औं जिल्ला अधिवेशनबाट चुनिने १६५ सदस्यीय कमिटी निर्वाचित भएको घोषणा गर्नेछ ।

निर्वाचन कमिटीले उम्मेदवारी दिएर नाम फिर्ता लिन चाहनेहरूलाई मनोनयन शुल्क फिर्ता दिने जनाएको छ । पदाधिकारीमा उम्मेदवारी दिनेले आफ्नो उम्मेदवारी प्रमाणित गराउनुपर्ने व्यवस्था गरेको छ । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम विराटनगरको होटल मनास्लुमा भइरहेको छ ।

View : 132

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved