Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

भोजपुरे कल्याणकारी सहकारीमा कार्की

उद्‌घोष संवाददाता
५ असोज २०८३, सोमवार

Advertisement

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० विराटचोकस्थित भोजपुरे कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभाले राजेन्द्र कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । 

नवनिर्वाचित समितिको उपाध्यक्षमा मातृकाप्रसाद पराजुली, सचिवमा मोहन पोखरेल, कोषाध्यक्षमा ताराकुमारी सुब्बा र सहसचिवमा यादव कट्वाल चयन भएका छन् । 

सदस्यहरूमा बालकृष्ण घिमिरे, विमला घिमिरे, खगेन्द्रबहादुर खत्री, सबिना चम्लागाईंलगायत रहेका छन् । त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा विनोदकुमार चापागाईं तथा सदस्यमा मीना कार्की र कृष्णप्रसाद साहू चयन भएका छन् । 

२०६२ सालमा स्थापना भएको संस्थामा हाल १ हजार ५ सय २३ शेयर सदस्य आबद्ध छन् । सुन्दरहरैँचा र बेलबारीलाई कार्यक्षेत्र बनाएर संस्थाले सदस्य केन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक गतिविधि, सदस्य सेवा तथा आगामी योजनाबारे छलफल गरिएको थियो । सभाको अवसरमा ज्येष्ठ सदस्य, उत्कृष्ट कर्मचारी, बचतकर्ता तथा ऋणीलाई सम्मान गरिएको थियो । 

उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मानसमेत प्रदान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष कार्कीले संस्थालाई पारदर्शी, व्यवस्थित र सदस्यकेन्द्रित बनाउँदै संस्थागत विकास तथा आर्थिक सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

View : 6

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved