Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
प्रविधि

सामसङको दशैं–तिहार अफर

उद्‌घोष संवाददाता
५ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा, अभियान सार्वजनिक गरेको छ । 

अभियानअन्तर्गत सामसङका टिभी तथा होम अप्लायन्स खरिद गर्ने ग्राहकले क्यासब्याक, पक्का उपहारका साथै दैनिक तथा साप्ताहिक लक्की ड्रमार्फत आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।

कम्पनीका अनुसार अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ । 

अभियान अवधिमा सामसङको टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकले खरिद दर्ता गरी लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

लक्की ड्रअन्तर्गत ३१ जना दैनिक विजेता छनोट गरिनेछ । दैनिक विजेताले सामसङको ९ केजी फ्रन्टलोड वासिङ मेसिन वा ५५ इन्च एचडी टिभीमध्ये एक पुरस्कार जित्ने अवसर पाउनेछन् । यस्तै, ८ जना साप्ताहिक विजेताले १ टनको सामसङ एसी पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले खरिद गरेको सामानको पछाडि रहेको स्टिकरमा उल्लेखित १४ अंकको सिरियल नम्बर प्रयोग गरी सामसङ १४ अंकको सिरियल नम्बर लेखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ । एसएमएस पठाएपछि ग्राहकले तत्कालै पुष्टि सन्देश प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

विजेताको घोषणा प्रत्येक बुधबार इमेज च्यानलको युसिक या योर च्वाइस कार्यक्रममा गरिनेछ । 

विजेताको सूची स्मार्ट प्लाजा बीग डिजीटलको फेसबुक पेजमा समेत सार्वजनिक गरिनेछ ।

अभियानअन्तर्गत ग्राहकले खरिद गर्ने सामानअनुसार थप क्यासब्याक तथा उपहारको व्यवस्था गरिएको छ । 

सामसङ टिभीमा २६ प्रतिशतसम्म क्यासब्याक तथा निःशुल्क साउन्डबार र छनोट गरिएका मोडलमा १२ महिनासम्म निःशुल्क  नेटटीभी प्याकेज उपलब्ध हुनेछ ।

त्यस्तै रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक र ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ । 

छनोट गरिएका वासिङ मेसिन मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्टसमेत निःशुल्क पाइनेछ ।

View : 24

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved