विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल झापा जिल्लाले निश्चित पब्लिकेशनका मात्र पाठ्यपुस्तक लगाउने निर्णय गर्दा स्वतन्त्र हिसाबले किताब छान्न पाउने अधिकारबाट सदस्य विद्यालय वञ्चित भएका छन् ।
प्याब्सनले बैठक बसेरै निर्णय गरी सदस्य विद्यालयहरूलाई ‘निम्न अनुसारका पाठ्यपुस्तक लगाउनू’ भनेर ह्विप जारी नै गरेको छ ।
‘हरेक वर्ष छाता संस्थाले यसैगरी पत्राचार गर्नाले हामीलाई समस्या भएको छ’ एक विद्यालय सञ्चालकले गुनासो गरेका छन् ।
उनले भने ‘मलाई अर्को पब्लिकेशनको लगाउन राम्रो लाग्छ तर छाता संस्थाले जसरी हुन्छ निम्न अनुसारका पाठ्यपुस्तक लगाउनू भनेर पत्रचार गर्छ’ भन्दै गुनासो गरेका छन् ।
झापा प्याब्सन अध्यक्ष छत्रबहादुर कार्की र सचिव लक्ष्मीप्रसाद उप्रेतीद्वारा हस्ताक्षर गरेको पत्रमा नै पब्लिकेशनको नामसहित तोकिएको छ ।
प्याब्सनले जुन पब्लिकेशनले बढी रकम दिन्छ उसैको किताब लगाउने गर्नाले गुणस्तरीय पाठ्यपुस्तक पढ्नबाट विद्यार्थीहरू बञ्चित हुने अवस्था आएको आरोप नाम नबताउने सर्तमा एक पब्लिकेशनका बजार प्रतिनिधिले बताए ।
View : 118
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved