Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा रोजगारीका लागि समझदारी

उद्घोष सम्वाददाता
१७ साउन २०८१, बिहिवार

विराटनगर । कोशी प्रदेशमा उद्यमशीलताको विकासमार्फत रोजगारीको अवसर सिर्जनाका लागि प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौंबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षबीच उद्यमशीलता र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न भन्दै बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव अर्जुनकुमार निरौला र कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीले बैंक तथा वित्तीय संस्थाहरुमार्फत उद्यमीहरुलाई सर्वसुलभ कर्जा प्रवाह गर्न प्रोत्साहन पुग्ने जनाइएको छ । हस्ताक्षरपछि बोल्दै मुख्यमन्त्री कार्कीले सरकारले वित्तीय संस्थाहरुबाट कोशी प्रदेशमा रोजगारी सिर्जनामा मद्दत पुग्ने गरी कर्जा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

कोशी प्रदेशका प्रमुख सचिव केदारनाय शर्माले यो समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताए । उनले आगामी दिनमा प्रदेशमा रोजगारी निर्माणको क्षेत्रमा नयाँ काम गर्न सहज हुने बताए । 

कोषका कार्यकारी अधिकृत घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए । 

त्यस्तै मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले यो समझदारीको कार्यान्वयन पश्चात कोशी फ्रदेशमा कम्तिमा एक हजार जनाका लागि रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे । 

कार्यत्रमका अवसरमा प्रदेश सरकारले १२ कक्षा उतीर्ण करिव एक हजार युवालाई तालिम दिई अनलाइन माध्यमबाट यसै बर्षदेखि रोजगारीको अवसर सिर्जना गर्ने जनाइएको छ ।

View : 130

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved