विराटनगर । एनसेलका ग्राहकहरु माझ लोकप्रिय रहेको एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ ले १ करोड डाउनलोडको उपलब्धी हासिल गरेको छ । यो सँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक रहेको स्थापित भएको छ ।
ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताहरूका लागि भरपर्दो डिजिटल टुलको रूपमा झन् लोकप्रिय बन्दै गइरहेको छ ।
एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगई सजिलै विभिन्न सेवाहरू लिन सक्छन् ।
साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन–अफलाइन गेम, सेवा सक्रिय– निष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवाहरू उपलब्ध भएकाले यो एप सहज र निर्बाध डिजिटल सेवा अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बनेको छ ।
एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ । यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन् ।
पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहकहरू १० जीबी डेटा जित्न योग्य हुनेछन् ।
एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहकहरू हामीसँग जोडिनु भएकोमा हामी अत्यन्त खुसी छौं । यसले हाम्रो एप ग्राहकहरूको डिजिटल दैनिकीको एक महत्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ ।
ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरुको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पु¥याएको छ र साथै सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रवद्र्धन गर्दै आएको छ ।
यो उपलब्धी केवल एउटा संख्या होइन; यसले हामीले ग्राहकहरूप्रति समर्पित हुँदै गरेको कार्य र उनीहरूलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ ।
हामीप्रति ग्राहकहरूले देखाउनु भएको विश्वासका लागि हामी हृदयदेखि आभारी छौं, एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने ।
एनसेल एपसहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ ।
View : 115
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved