विराटनगर, २२ असोज । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा श्रीमानले आफ्नै श्रीमतीको धारिलो हतियारले टाउको काटेर प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
मङ्गलबार बेलुका करिव साढे ६ बजेतिर अन्दाजी ३६ वर्षीय जंग बहादुर घिसिङले श्रीमतीको काटेको टाउको बोकेर इलाका प्रहरी कार्यालय जलजलेमा आत्मसमर्पण गरेका हुन् ।
उनले श्रीमती अन्दाजी २८ वर्षीय प्रमिला लामाको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरकै ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थायी घर भई हाल जलजलेस्थित वडा कार्यालय नजिकै स्थानीय शमशेर तामाङको घरमा बसोबास गर्दै आएका घिसिङले श्रीमतीको काटेको टाउको बोकेर बाटोमा हिँड्दै गरेको बेलामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीले श्रीमतीको टाउको सहित इलाका प्रहरी कार्यालय जलजलेसम्म हिँडाएर पुर्याएको थियो ।
घिसिङको काटिएको टाउको आफ्नै श्रीमतीको भएको सोही बेला बताएका छन् ।
श्रीमान् श्रीमतीबीच भएको सामान्य घरायसी विवादले उग्ररूप लिएर रिसको झोकमा घिसिङले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर पुर्याएको जनाइएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीकै नेतृत्वमा प्रहरी टोली खटिएर अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 2125
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved