Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

रंगेलीलाई बालमैत्री नगर बनाउन आग्रह

उद्‌घोष संवाददाता
२६ माघ २०८२, सोमवार

विराटनगर । मोरङको रंगेलीमा सञ्चालित विभिन्न विद्यालयमा क्रियाशील बाल क्लबका पदाधिकारी तथा सदस्यहरूले रंगेलीलाई बालमैत्री नगरपालिका बनाउनको लागि आग्रह गरेका छन् । 

रंगेली नगरपालिकाद्वारा आयोजित एक दिने  भेलामा पालिका अन्तर्गतका १२ वटा सामुदायिक माध्यमिक विद्यालय र चारवटा संस्थागत माध्यमिक विद्यालयमा क्रियाशील बाल क्लबमा आवद्ध विद्यार्थीहरुको सहभागिता थियो । 

भेलामा वृत्तचित्र प्रदर्शन, बालविवाह, बालश्रमिक, लागुपदार्थको दुव्र्यसन लगायतका विषयमा अन्तरक्रिया भएको थियो ।

आर्थिक वर्ष २०८२–८३ सम्म २८ वटा स्थानीय पालिकालाई बालमैत्री पालिका घोषणा भइसकेको अवस्था छ । 

सन् २०३० सम्म ७५३ वटै स्थानीय तहलाई बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य सरकारले राखेको छ । नेपालको पहिलो बालमैत्री स्थानीय तह सुबल नगरपालिका हो । 

रंगेली नगरपालिकाकी कार्यवाहक प्रमुख भूमा पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार शाह, शिक्षा अधिकृत लिलादेवी ओझा लगायतले रंगेली नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन आवश्यक सबै सूचकहरू पूरा गर्ने बताए । 

त्यस्तैगरी त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाकी छात्रा पवित्र प्रधान र माउन्ट मकालु अंग्रेजी बोर्डिङ स्कुलका छात्र आर्यन राजवंशीले पनि रंगेली नगरपालिकालाइ बालमैत्री नगरपालिका बनाउन सरोकारवाला सबैका ध्यानाकर्षण गराए ।

View : 151

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved