Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

लुँइटेल उपाध्यक्ष र प्रसाईं सचिव

पतञ्जली योग समिति विराटनगर महानगरले पायो पूर्णता

उद्‌घोष संवाददाता
११ असोज २०८२, शनिवार

Advertisement

विराटनगर । पतञ्जली योग विराटनगर महानगर समितिको  बैठकले गत भदौ ५ को  गठित समितिलाई पूर्णता दिएको छ। खाली रहेका पदहरूमा पदाधिकारी तथा सदस्य मनोनयन गर्दै महानगर समितिले आफ्नो कार्य सञ्चालनलाई थप सशक्त बनाएको हो।

बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा यसअघि सचिवको जिम्मेवारी सम्हाल्दै आएका चक्रप्रसाद लुँइटेललाई  पदोन्नती गरेको छ। त्यसैगरी, समितिको सदस्यमा रहेका पुष्प प्रसाईंलाई सचिव पदमा चयन गरिएको छ। प्रसाईं पतञ्जली योग समिति विराटनगर वडा नं १ का संयोजकसमेत हुन्। समितिलाई मजबुत बनाउने क्रममा लक्ष्मण सोनीलाई मिडिया प्रभारीको जिम्मेवारी दिइएको छ। सदस्यहरूमा टीका अधिकारी र किरणकुमार आचार्य मनोनित भएका छन्।

वरिष्ठ सल्लाहकारहरू मनोनित

समितिले दुई जना वरिष्ठ व्यक्तित्वहरूलाई सल्लाहकारमा मनोनित गरेको छ। पतञ्जली योग समिति नेपालका आजीवन सदस्य रामप्रसाद कट्टेल र परोपकार अभियान समूहका उपाध्यक्षसमेत रहेका  किशोर भट्टराई सल्लाहकारमा मनोनित भएका हुन्। महानगर समितिका महासचिव डीबी बस्नेतका अनुसार, कमिटीलाई पूर्णता दिएसँगै अब योग अभियानहरू थप प्रभावकारी रूपमा अगाडि बढ्नेछन्।

महानगर अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकमा पतञ्जली योग समितिका कोशी प्रदेश सह-प्रभारी गोविन्द खड्का, सचिव शोभा कोइराला, महानगर महिला अध्यक्ष कुमारी तामाङ, जिल्ला महिला उपाध्यक्ष शारदा थापा, जिल्ला उपाध्यक्षहरू दामोदर पोखरेल र ऋषि खतिवडा लगायतको उपस्थिति  थियो।

 

 

View : 908

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved