Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

‘अन्नपूर्ण कलेज अफ ल’

विराटनगरमा अर्को कानुन क्याम्पस

उद्‌घोष संवाददाता
२८ वैशाख २०८२, आइतवार

विराटनगर ।  विराटनगरमा कानुनमा उच्च शिक्षा अध्ययनका लागि थप एक नयाँ कानुन क्याम्पस खुलेको छ । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) बाट सम्वन्धन प्राप्त गरी सञ्चालन हुँदै आएको अन्नपूर्ण कलेजले अब कानुन पनि पढाउने भएको हो । 

कानुन पढाउनका लागि पूविबाट स्वीकृति पाएपछि ‘अन्नपूर्ण कलेज अफ ल’ बाट सञ्चालित हुने सो कलेजको घोषणा र स्थापना बारेमा जानकारी दिने ऊद्देश्यले शुक्रबार एक कार्यत्रम गरियो । एक समारोहबीच भएको सो कार्यक्रमा  भर्ना अभियानको व्यानर खोलेर  उच्च अदालत विराटनगरका कायाममुकायम मुख्य न्यायाधीश बिमल सुवेदी, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, अन्नपूर्ण कलेजका अध्यक्ष डा शम्भु कोइरालाले नयाँ कलेजको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

नेपाल कानुन दिवस बैशाख २६ को दिन पारेर कायममुकायम मुख्यन्यायाधीश विमल सुवेदीको उपस्थितिमा आयोजित कार्यक्रममा कलेजले पाँच वर्षे बीए एलएलबी कोर्ष अध्यापन गराउने घोषणा गरिएको हो । 
सो अवसरमा वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, पूर्व न्यायाधीश मोहन सिटौला, उच्च अदालत बार एसोसिएसन विराटनगरका  अध्यक्ष विश्वराम भट्टराई, वरिष्ठ अधिवक्ता रमेश कोइराला, हेमराज पन्त, कृष्ण दाहाल, देवीबहादुर घिमिरे लगायतले शुभकामना दिएका थिए ।

‘अन्नपूर्ण कलेज अफ ल’को नेतृत्व अधिवक्ता विकास थापाले गरेका छन् । थापाले  समाजको कलेजले काम गर्ने जनाउँदै विराटनगरमा गुणस्तरीय कानुनी शिक्षा अध्यापन गराउने प्रतिवद्धता जनाए । 
सो कलेजलाई प्रवर्द्धन गर्न विराटनगरका शिक्षादीप कलेज र हिमालय दर्शन कलेजको पनि सहकार्य रहेको थापाले बताए ।

 

View : 805

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved