प्रतिनिधि सभा निर्वाचन
विराटनगर । नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशका २२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले काेशीमा २२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो ।
एमाले उपमहासचिव लेखराज भट्टले शनिबार राती टुंगो लागेका उम्मेदवारको विवरण सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । सवैभन्दा धेरै ६ वटा क्षेत्र रहेको मोरङको क्षेत्र नम्बर ५ र ६ मा भने उम्मेदवार टुंगिन बाँकी रहेको छ ।
क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगडिया, ३ मा दिलीप राई र ४ मा जीवन घिमिरेको नाम टुंगो लागेको हो ।
५ क्षेत्र रहेको झापाको १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे, ४ मा मनोज ताम्ली र ५ मा एमाले अध्यक्ष स्वयंम केपी शर्मा ओली उम्मेदवार बन्ने निश्चित भएको हो । क्षेत्र नम्बर ३ मा भने टुंगिन बाँकी रहेको जनाइएको छ ।
सुनसरीको क्षेत्र नम्बर १ मा सूर्य पन्दाक र ४ मा भगवती चौधरीको नाम टुंगिएको छ । क्षेत्र नम्बर २ र ३ मध्ये एउटामा जगदीश प्रसाद कुसियैत टुंगो लागेको जनाइएको छ । बाँकी एक क्षेत्रमा भने उम्मेदवार टुंग्याउन बाँकी छ ।
एमालेले पाँचथरमा आइन्द्रसुन्दर नेम्वाङ, इलाम १ मा काजिमान कागते र २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी संखुवासभामा डा. अर्जुन कार्की, धनकुटामा राजेन्द्र राई, भोजपुरमा शेरधन राई, तेह्रथुममा भानुभक्त ढकाल उम्मेदवार बनेका छन् ।
सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा, उदयपुर १ मा दुर्गाकुमार थापा ‘स्वस्ती’ र २ मा अमर रायमाझीको नाम उम्मेदवारका लागि टुंगो लागेको जनाइएको छ ।
यस्तै, खोटाङमा देवविक्रम राई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाइएका छन् । एमाले उपमहासचिव रहेका योगेश भट्टराईले दुईपटक चुनाव जितेको ताप्लेजुङमा भने उम्मेदवार टुंगो लाग्न बाँकी रहेको जनाइएको छ । ताप्लेजुङमा स्वयंम योगेशसहित कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो पनि आकांक्षी रहेका छन् ।
View : 184
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved