विराटनगर । विराटगरस्थित पारस अस्पताल र गिरी फाउण्डेसनबीच निशुल्क स्वास्थ्य शिविर गर्ने विषयमा सम्झौता भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ती दुवै संस्थाको सहकार्यमा पहिलो चरणमा विराटनगर महानगरपालिकाका सबै वडामा निशुल्क स्वास्थ्य शिविर गर्ने तयारी छ ।
त्यस्तै स्वास्थ्य शिविरमा छनोट भएका विरामीहरुको सम्पूर्ण उपचारमा २५ प्रतिशत , शल्यक्रियामा ५० प्रतिशत, औषधिमा १० प्रतिशत छुट दिइने सो अस्पतालले जनाएको छ ।
अन्य स्वास्थ्य जाँच गर्दा ५० प्रतिशत छुट पाउने अस्पतालका अध्यक्ष डा सफिउर रहमानले जानकारी दिए ।
View : 233
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved