विराटनगर । २६०८ औं तमु ल्होसार पर्वको अवसरमा विराटनगरमा शुभकामना आदान प्रदानसहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् महानगर कमिटी, विराटनगर र तमुस्यो ह्युल छोंज धीं महिला गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा कार्यक्रम गरिएको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र आयोजक संस्थाका अध्यक्ष कविमान गुरुङले शान्तिको प्रतीक एकजोडी परेवा उडाएका थिए ।
कार्यक्रममा बोल्दै मेयर कोइरालाले महानगरभित्रको भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न महानगरपालिकाले प्रतिष्ठान समेत गठन गरेको उल्लेख गरे ।
आयोजक संस्थाका उपाध्यक्ष श्याम गुरुङले तमु समुदायको धार्मिक स्थल गुम्बा निर्माण गर्न आवश्यक जग्गा उपलब्ध गराउन महानगरपालिकासँग आग्रह गरे । कार्यक्रममा गुरुङ समुदायका युवायुवतीले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
तमु ल्होसार पर्वको अवसरमा पुस १३ गते आयोजना गरिएको सद्भावपुर्ण दौड प्रतियोगिताका विजयीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, धनपालका अध्यक्ष जिवछप्रसाद गच्छदार र जहदाका अध्यक्ष जीतेन्द्र साहलगायत महानगरका विभिन्न वडामा बसोबास गर्ने गुरुङ समुदायको सहभागिता थियो ।
View : 110
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved