काठमाडौँ, १६ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै कारोबार पनि उच्च भएको छ । बुधबार नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढ्दा २ हजार ७ सय ६० दशमलव ९१ विन्दुमा कायम भएको छ ।
नेप्से परिसूचकको वृद्धिसँगै शेयरबजारमा २१ अर्ब ९१ करोड १५ लाख तीन हजार एक सय ६१ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम अहिलेसम्मकै उच्च हो ।
यस अघि विसं २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड बराबरको कारोबार भएको थियो । त्यसयता कारोबार रकमले उक्त ‘रेकर्ड’ तोड्न सकेको थिएन । बुधबार उक्त ‘रेकर्ड’ तोड्दै कारोबार रकमले नयाँ ‘रेकर्ड’ कायम गरेको हो ।
आज ३ सय ३२ कम्पनीको पाँच करोड ९ लाख कित्ता शेयर २ लाख ३८ हजार २ सय ७२ पटक खरिदबिक्री हुँदा कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख तीन हजार पुगेको हो ।
आज कारोबारमा आएका कम्पनीमध्ये एक ९१ वटा कम्पनीको शेयर मूल्य बढ्दा आठ वटा कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । बढ्नेमा अधिकांश वित्त र लगानी समूहका कम्पनीहरु छन् । आजको कारोबारबाट सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारमा ४४ कम्पनीको शेयर मूल्य सामान्य घटेको छ । कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । यो कम्पनीको ८४ करोडको शेयर कारोबार हुँदा माउन्टेन इनर्जीको ४१ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।
View : 76
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved