विराटनगर । नेपाल प्रहरीमा ३० वर्षसम्म काम गरेर अनिवार्य अवकाश पाएका प्रहरी निरीक्षक गंगाबहादुर राई र नायब निरीक्षक तेजबहादुर तामाङलाई बिहीबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बिदाइ गरेको छ ।
प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले उनीहरुले संगठनमा पुर्याएको योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै मायाको चिनो दिएर विदाइ गरेका हुन् ।
कार्यक्रममा अनिवार्य अवकाशले जागिरबाट बिदा पाएका प्रहरी निरीक्षक गंगाबहादुर राईले ३० वर्ष प्रहरी सेवामा रहँदाको अवस्थामा आफूले भोगेको अनुभव सुनाएका थिए ।
View : 219
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved