काठमाडौं । साताको पहिलो दिन सेयर बजार सूचक दोहोरो अंकले घटेको छ। कारोबार रकम पनि घटेर साढे ४ अर्बभन्दा तल सीमित भएको छ। आइतबार नेप्से ११.३२ अंकले घट्दै २७०८.४५ विन्दुमा रहँदा सेयर कारोबार रकम ४ अर्ब ४० करोड २७ लाख रुपैयाँमा खुम्चिएको छ ।
फाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डबाहेकका सबै समूहको सूचक घटेका छन् । १७३ कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक पञ्चकन्या माई हाइड्रोपावरको सेयरमा ४.६२ प्रतिशतको गिरावट छ ।
७९ कम्पनीको सेयरमूल्य बढ्दा हिमस्टार ऊर्जा कम्पनीका लगानीकर्ता बढी फाइदामा छन् । उक्त कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।
सर्वाधिक कारोबार हुने ५ कम्पनीमा युनियन हाइड्रोपावर पहिलो स्थानमा छ ।
उक्त कम्पनीको २९ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्सको २७ करोड ४६ लाख, एभरेष्ट बैंकको २२ करोड १५ लाख, हिमालयन डिष्टिलरीको १६ करोड ५ लाख र युनिभर्सल पावरको १३ करोड १ लाखको कारोबार भएको छ ।
यसअघि गत बिहीबार ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 382
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved