Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सप्तकोशीमा पानीको बहाव बढेको बढ्यै, ब्यारेजमा ६ लाख क्यूसेक बहाव मापन

उद्घोष सम्वाददाता
१२ असोज २०८१, शनिवार

Advertisement

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ । केहिबेर अघिदेखि कोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ ।

यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो । दुईघण्टा अघिसम्म कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो ।

कोशीमा बढाव बढ्दै गएका कारण ब्यारेजको माथिबाटै पानी ओभरफ्लो भएर बगेको जनाइएको छ । अहिले कोशी ब्यारेजमा मानिस र सवारी साधनलाई प्रवेश गर्न रोक लगाइएको छ । 

जसका कारण लामो तथा छोटो दुरीका सवारी साधन कोशी ब्यारेजबाट आवात जावत गर्न बन्द भएको छ ।

ब्यारेकका सवै ५६ वटै ढोका पूर्णरुपमा खोलिएका छन् ।

View : 85

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved