विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजना संचालन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष पदमा लालमणी भट्टराईले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार १ हजार ५१३ मत गणना सम्पन्न हुँदा भट्टराईको अग्रता दोस्रो प्रतिष्पर्धीभन्दा झण्डै दोब्बर रहेको छ ।
भट्टराईले ७१४ मत प्राप्त गर्दै अध्यक्ष पदमा अग्रता बढाइरहेका छन् । वर्तमान अध्यक्ष समेत रहेका राम बहादुर घिमिरेले ४७४ मत प्राप्त गरेका छन् । अध्यक्षकै प्रतिष्पर्धी दुर्गा चापागाईँले भने २५१ मत पाएकी छन् ।
दुई उपाध्यक्ष मध्ये खुल्लामा चापागाईँ प्यानलका भोला घिमिरे अगाडि छन् । घिमिरेले ४६७ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी बुद्धिप्रसाद पौडेलले ३८५ मत प्राप्त गरेका हुन् ।
महिला उपाध्यक्षमा भट्टराई प्यानलकै सावित्रा कुमारी न्यौपाने झिनो मतान्तरले अगाडि रहेकी छन् । उनलाई चापागाईँ प्यानलकी सावित्रा पोखरेलले ६ मत अन्तरले पछ्याइरहेकी छन् ।
सचिव पदमा पनि भट्टराई प्यानलकै प्रदीक कुमार नेपालले ६२८ मतका साथ अग्र स्थानमा छन् । नगेन्द्र प्रसाद ढकालले ३३६ मत पाएर पछ्याएका छन् ।
त्यसैगरी कोषाध्यक्ष पदमा राजेन्द्र कुमार पोखरेल एक मतले अगाडि छन् । चापागाईँ प्यानलका पोखरेललाई हिण्य निरौलाले पछ्याइरहेका छन् ।
शनिबार राती साढे ११ बजेदेखि सुरु भएको मत गणना सकिन समय लाग्ने भएको छ । दुईवटा मतगणना केन्द्रमा मतगणना जारी रहेको जनाइएको छ ।
मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९८८ उपभोक्ता मतदाता रहेका थिए । निर्वाचनमा ३ हजार ९६४ मत अर्थात मतदाताको ६६ प्रतिशत मत मात्रै खसेको थियो ।
View : 388
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved