Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस विशेष महाधिवेशन

विशेष महाधिवेशनकै पक्षमा खुले शेखर निकट केदार कार्की

उद्‌घोष संवाददाता
२७ पुष २०८२, आइतवार

विराटनगर । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंमा सुरु हुँदै गर्दा त्यसको पक्षमा उभिने नेताहरुको संख्या पनि थपिँदै गएको छ ।

यहीक्रममा डा. शेखर कोइरालाका विश्वासपात्र मानिने कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । 

उनले देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य रहेको बताएका छन् ।

केहीबेर अघि सामाजिक सन्जालमा यस्तो लेखेर आफू विशेष महाधिवेशनको पक्षमा रहेको सन्देश दिएका हुन् । 

शेखर कोइराला भने दुवै पक्षलाई मिलाउन भन्दै प्रयासरत रहेको बताइरहेका छन् ।

View : 160

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved