Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

कोरोना बीमाको दाबी भुक्तानी हुन्छ : सिलवाल

उद्घोष सम्वाददाता
२३ साउन २०८१, बुधवार

विराटनगर । नेपाल बीमा बोर्डका अध्यक्ष सुर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी हुने बताएका छन् । उनले सरकारले कोरोना बीमाको पैसा दिन प्रतिवद्धता जनाएको जानकारी दिएका हुन् । 

विराटनगरमा मंगलबार पक्रकारहरूसँगको अन्तरत्रियामा बोल्दै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानी गर्नैपर्ने बताए । उनले आफू काठमाडौं पुग्ने बितिक्कै बीमा कम्पनीहरूसँग छलफल गर्ने आश्वासन दिएका हुन् । 

विश्वमा कहिँ पनि नभएको महामारीको बीमा नेपालमै भएको र धेरैले त्यसबाट लाभ प्राप्त गरेको उनले बताए । बीमा दाबी भुक्तानीमा सरकार र बिमक निकायबीच दाबी भुक्तानीमा समस्या देखिएका कारण अहिलेसम्म पनि कोरोना बीमाको समस्या कायमै रहेको उनले बताए ।

View : 115

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved