Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

प्राध्यापकहरु नेताको घर धाउँदा क्याम्पस कमजोर

उद्घोष सम्वाददाता
१६ साउन २०८१, बुधवार

उत्कृष्ट प्राध्यापकको रुपमा सम्मानित रामकुमार थापा, प्राडा नागेन्द्र साह एवम् उत्कृष्ट कर्मचारीमा सम्मानित अनिल कामत । तस्वीर : उद्घोष

विराटनगर । मोरङ क्याम्पसका पूर्व प्रमुख गोपाल कार्कीले प्राध्यापकहरुले राजनीतिक दलका नेताहरुको घर–घर र ढोका–ढोकामा धाउनाले क्याम्पस मात्र होइन विश्वविद्यालय नै कमजोर भएको बताएका छन् ।

मोरङ क्याम्पसको ७० औं वार्षिकोत्सवको अवसरमा बुधबार भएको कार्यक्रममा  कार्कीले यस्तो धाउने कार्यले नेताहरुले प्राध्यापकहरुको अनुरोध सुन्न र मान्न छाडेको उनले बताउँदै यस्तो कार्य रोकेमा शैक्षिक संस्था सुधार हुने स्पष्ट पारे ।

सो अवसरमा पूर्व क्याम्पस प्रमुख डा बाबुराम तिमल्सेनाले आफू प्रमुख भएको बेला कुनै राजनीतिक नेताको कुरा सुन्ने भन्दा पनि निजी स्वार्थभन्दा पर बसेर क्याम्पसको हितको लागि आफूले कार्य गरेको दावी गरे । 

क्याम्पस प्रमुख डा रामावतार शरणले शैक्षिक तथा प्रशासनिक रुपले क्याम्पसलाई व्यवस्थित, चुस्त, दुरुस्त राख्न प्रयास गरिरहेको बताए । क्याम्पसमा एक हप्तादेखि चलिरहेको आंशिक प्राध्यापकहरु करारको माग गर्दै धर्नामा बसेको सन्दर्भलाई जोड्दै प्रमुख डा शरणले आंशिक प्राध्यापकको व्यवस्थापनका लागि आफूले प्रयास गर्ने बताए ।

सो अवसरमा सहायक क्याम्पस प्रमुख उमेश यादव, प्रा महेन्द्रनारायण यादव, डा अच्युतराज कट्टेल,प्रमोद कामत लगायतले मोरङ क्याम्पस पूर्वको धरोहर भएकोले यसले आफ्नो गौरवलाई जोगाउँदै उचाईमा पुर्‍याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उत्कृष्ट प्राध्यापकको रुपमा प्राडा नागेन्द्र साह र रामकुमार थापा एवम् उत्कृष्ट कर्मचारीमा अनिल कामतलाई चाँदीको पदकसहित सम्मान गरिएको थियो ।

View : 286

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved