विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ जुट उद्योगमा आगलागी भएको छ । दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको उद्योग सञ्चालक अमित जैनले बताए ।
उनले मेसिनको ब्रेकर कार्डबाट आगलागी भएको बताए । आगलागी हुँदा करिव ३० लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए ।
यो उद्योग करिव ३० करोड रुपैयाँको लागतमा अघिल्लो वर्षदेखि सञ्चालनमा आएको हो । बन्द अवस्थामा रहेको सीएम जुट उद्योगको संरचनालाई भाडामा लिएर उद्योग अमित जैन र मलिका रिजालले पशुपतिनाथ जुट उद्योगको नाममा सञ्चालन गरेका हुन् ।
यो जुट उद्योगले हैसियन, बोरा र सुतली उत्पादन गर्दै आएको छ । उत्पादनको ९५ प्रतिशत बजार भने भारत रहेको जनाइएको छ ।
View : 210
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved