इनरुवा । श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिबार सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा राधाकृष्ण रथयात्रा निकालिएको छ ।
सदरमुकाम इनरुवा सहित इटहरी, दुहबी, हरिनगर, भोक्राहा नसिंह गाउँपालिका सहित जिल्लाको बिभिन्न स्थानमा रथयात्रा निकालिएको छ ।
इनरुवा ३ मा रहेको राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः मन्दिरमा गएर समापन भएको मन्दिर समितिका अध्यक्ष केशरी निरौलाले जानकारी दिए ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रथयात्रामा भगवान् श्रीराधाकृष्णको प्रतिमा राखिएको रथलाई नगरका विभिन्न भागको परिक्रमा गराइएको निरौलाले बताए ।
रथयात्रामा विभिन्न समुदायका श्रद्धालु, भक्तजन, स्थानीयवासी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागीता रहेको थियो ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रत्येक वर्ष निकालिँदै आएको रथयात्राले धार्मिक आस्था, सामाजिक सद्भाव तथा सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास लिएको आयोजकले जनाएको छ ।
रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत सुरक्षामा खटिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
यसैबीच कृष्ण जन्माष्टमी अर्को दिन जिल्लाको बिभिन्न ठाउँमा मेला समेत लागेको स्थानीयवासीले बताएका छन् ।
जिल्लाको कोसी, भोक्राहा, हरिनगर, देवानगन्ज, गढी लगायतका स्थानमा मेला समेत लागेको स्थानीयवासीले बताएका छन् । मेला भर्नका लागि सयौको संख्यामा स्थानीय भक्तजनको सहभागीता रहेको थियो ।
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved