विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङमा मतदान सुरु भएको छ ।
जिल्लाका सवै मतदान केन्द्रमा निर्धारित विहान ७ बजेबाट मतदान सुरु भएको जनाइएको छ । आज बेलुका ५ बजे मतदान सकिने छ ।
मोरङको ६ वटा निर्वाचन क्षेत्रसहित प्रत्यक्षतर्फ देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ ।
त्यस्तै समानुपातिक तर्फको ११० सिटका लागि पनि मतदान हुनेछ ।
प्रत्यक्षतर्फ देशभरमा ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी १ करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदानको अधिकार प्रयोग गर्न पाउनेछन् ।
View : 43
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved