Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ

उद्‌घोष संवाददाता
१५ चैत २०८२, आइतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ आइतबार विहान परेका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको हो । 

लैनचौरस्थित स्काउटको जग्गा भाडा विवादमा मुछिएका खड्का हाइड्रो क्षेत्रका लगानीकर्ता हुन् ।

भदौ २४ मा जेनजी प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घरमा आगजनी गरेका थिए । त्यतिबेला खड्काको घरमा आगजनी हुँदा पैसा उडेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो । त्यस घटनामा खड्कामाथि अनुसन्धान भइरहेको छ ।

View : 126

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved