Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यार्थी प्रतिभाहरू सम्मानित

विराट शिक्षा निकेतनको ‘बीएसएन आइडल’ भव्यताका साथ सम्पन्न

उद्‌घोष संवाददाता
१२ मंसिर २०८२, शुक्रवार

Advertisement

विराटनगर। विराटनगर–३, पृथ्वी टोलस्थित विराट शिक्षा निकेतन (बीएसएन) ले आफ्नो वार्षिक कलात्मक प्रतियोगिता  ‘बीएसएन आइडल’ भव्यताका साथ सम्पन्न गरी उत्कृष्ट विद्यार्थीहरूलाई शुक्रबार पुरस्कृत गरेको छ। चार दिनसम्म चलेको सो प्रतियोगितामा गायन, नृत्य र फेसन शो जस्ता विविध विधामा विद्यार्थीहरूले आ–आफ्ना प्रतिभाहरू प्रदर्शन गरेका थिए।


प्रतियोगितामा कुल १५५ जना विद्यार्थीले सहभागिता जनाएका थिए। यी कला प्रस्तुतिहरूमार्फत उत्कृष्ट देखिएका विद्यार्थीहरूलाई ‘बीएसएन आइडल’ घोषित गरी सम्मान गरिएको विद्यालयका प्राचार्य धीराज आचार्यले बताए ।

नृत्य प्रतियोगितालाई तल्लो र माथिल्लो कक्षाका आधारमा विभाजन गरिएको थियो भने गायन र फेसन शो खुल्ला  श्रेणीमा सम्पन्न भएको थियो। 

नृत्य प्रतियोगिता  तल्लो कक्षा अन्तर्गत प्रविधि भण्डारी  र नयन आचार्य प्रथम, प्रान्सु चौलागाईं द्वितीय,   एनिसा चापागाईंले तृतीय स्थान ल्याए ।  नृत्य माथिल्लो कक्षातर्फ   स्यारोन राई प्रथम मेरिस्का कस्वार द्वितीय र विपसा उप्रेती तृतीय भए । खूुल्ला प्रतियोगितातर्फ फेसन शोमा ऋतिका थापा र साल्भी ढुङ्गेल,  गायनमा  नयन आचार्य उत्कृष्ट भए ।


उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य धीराज आचार्य, शिक्षक टंक चौलागाईं, नेपाल पुस्तक तथा शैक्षिक सामग्री व्यवसायी संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष माधव अधिकारी र प्राध्यापक प्रदीप प्रसाईले संयुक्त रूपमा पुरस्कार प्रदान गरे।

सो  प्रतियोगिताले विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्न र उनीहरूको सिर्जनशील क्षमता तथा आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ। 

सो समापन कार्यक्रममा विद्यालय प्रशासनले यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा अझ विविध प्रतिभा प्रदर्शनीका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

View : 539

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved