विराटनगर । सेन्ट जोसेफ माध्यमिक विद्यालयले २ विद्यार्थीलाई मिस्टर एण्ड मिस फ्रेसर घोषणा गरेको छ । नयाँ विद्यार्थीको स्वागतमा आयोजित कार्यक्रममा विद्यालयले कक्षा ११ मा कम्प्युटर विज्ञान अध्ययन गर्न आएका छात्र भविष श्रेष्ठलाई मिस्टर फ्रेसर तथा छात्रा अलाफिया आलमलाई मिस फ्रेसर घोषणा गरेको हो ।
कक्षा ११ मा भर्ना हुन आएका ३ सय ५० विद्यार्थीमध्ये उक्त प्रतियोगितामा ४० विद्यार्थी सहभागी भएका थिए ।
ती विद्यार्थी मध्ये नलेज, कन्फिडेन्स र पर्शानालिटि (ज्ञान, दृढता र व्यक्तित्व) मा प्राप्त अंकको आधारमा श्रेष्ठ र आलमलाई मिस्टर एण्ड मिस फ्रेसर घोषणा गरिएको विद्यालयले जनाएको छ । विजयी विद्यार्थीलाई विद्यालयकी शैक्षिक निर्देशक अमन सिटौलाले गिफ्ट ह्याम्पर प्रदान गरिन् ।
विद्यार्थीको स्वागतमा सो विद्यालयले नौलो खालको कार्यक्रम समेत आयोजना गरेको छ । सो विद्यालयले पौडी पोखरीको छेउमा ‘हवाई थिम’ शीर्षकमा समुद्री किनारको वातावरण निर्माण गरी विद्यार्थीहरूको स्वागत गरेको हो । जस्को ब्यवस्थापन विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले नै गरेका थिए ।
विद्यालयमा अध्ययनरत विज्ञानका विद्यार्थीहरूले कार्यक्रमको प्राविधिक पक्षको सम्हालेका गरेका थिए भने ब्यवस्थापनका विद्यार्थीले कार्यक्रमको आयोजना पक्ष र होटल व्यवस्थापन अध्यनरत विद्यार्थीले नव आगन्तुक विद्यार्थीकालागि बिशेष परिकार तयार पारेको विद्यालयका निर्देशक रोहितजंग थपलियाले जानकारी दिए ।
विसं २०३४ सालमा स्थापना भएको सो विद्यालयले २०५४ सालबाट कम्प्युटर विज्ञान र २०७१ सालबाट होटल व्यवस्थापनको अध्यापन शुरू गरेको थियो ।
सेन्ट जोसेफ विद्यायलमा हाल १ हजार ९ सय विद्यार्थी अध्यनरत छन् भने १ सय ५० शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयले प्रत्येक वर्ष उत्कृष्टसहित शतप्रतिशत नतिजा ल्याइरहेको जनाएको छ ।
View : 103
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved