Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

राजधानी युवा क्लबको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता

उद्‌घोष संवाददाता
२६ असोज २०८२, आइतवार

प्रथम हुने चार जना बायाँबाट क्रमशः राई, खड्का, निर्णायक राई र कटुवालद्वय । तस्वीर : उद्घोष

विराटनगर । राजधानी युवा क्लब विराटनगर–३ ले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा दुई समूहका चार जना प्रथम भएका छन् । 

क्लवमा आवद्ध बिभिन्न पेशा र ब्यवसायिक क्षेत्रमा कार्यरत ब्यक्तिहरूबीच शुक्रबार र शनिबार प्रतियोगिता गराइएको थियो । खेलमा ५० बढी खेलाडी सहभागी थिए । 

शनिबार सम्पन्न प्रतियोगितामा समूह ‘ए’ बाट लेखा अधिकृत ध्यानवीर राई र सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार दिपेन्द्र खड्काको जोडी प्रथम भयो । 

सो समूहबाट समाजसेवी उद्धव कोइराला र कोशी प्रदेश लोकसेवा आयोगका अधिकृत उत्तम कटुवालको समूह दोस्रो भएको छ ।

समूह बी बाट लेखा अधिकृत ढकराज कटुवाल र क्लवका सचिव तथा यातायातकर्मी केदार कटुवालको जोडी प्रथम भएको छ । 

बी समूहबाट पत्रकार अबिजाल विष्ट र शिक्षक भोजराज खनालको जोडी दोस्रो भएको छ ।

बिजेता खेलाडीहरूलाई नगद पुरस्कार र शिल्ड प्रदान गर्दै विराटनगर–३ का वडाध्यक्ष बासु बस्नेतले विराटनगरकै नमुना कवर्ड हलमा भएको प्रतियोगिताले महानगरको ध्यान खिचेको बताए । 

प्रतियोगितालाई सहयोग गर्ने  फ्रष्ट ग्रेभियर प्रिन्टिङका सञ्चालक दीपक गौतमले खेलकुदले मानिसलाई अनुशासित राख्ने भएकाले सबै क्षेत्रका चासो हुनुपर्ने बताए ।

प्रतियोगिताका मुख्य निर्णायक सशस्त्र प्रहरी नायव उपरीक्षक नवीनसिंह राईलाई क्लबले सम्मान गरेको छ । 

प्रतियोगिता सम्पन्न गर्न क्लबका पदाधिकारीले निकै दिन मेहनत गरेको बताउँदै क्लवका अध्यक्ष राजु ढकालले हरेक वर्ष यस्ता प्रतियोगिता गर्ने गरिएको जानकारी दिए । 

राजधानी युवा क्लबले दशैं र तिहारमा अराजक गतिबिधि गर्ने ब्यक्तिहरूको निगरानी गरेर कानुनी दायरामा ल्याउने  अभियान  पनि चलाएको छ ।

View : 368

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved