Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

धरानमा खानेपानी महसुल वृद्धि विरुद्ध आन्दोलनरत दलहरूले भानुचोकमा कोणसभा गर्दै

उद्घोष सम्वाददाता
२५ साउन २०८१, शुक्रवार

फाइल फोटो ।

विराटनगर । धरान खानेपानी बोर्डका अध्यक्ष समेत रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा खानेपानी महसुल वृद्धि गर्ने निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका १० दल र विद्यार्थीहरूले धरानको भानुचोकमा आज कोणसभा गर्ने तयारी गरेका छन् । 

सार्वजनिक बिदा परेका कारण आन्दोलनलाई निरन्तरता दिनका लागि कोणसभा आयोजना गरिएको आन्दोलनरत दलका नेताहरूले बताएका छन् ।

आइतबारदेखि पुनः चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने दलहरू बीच सहमति भएको नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजंग एभेङले बताए । उनले आज भानुचोकमा उपभोक्ताहरूको वृहत सहभागितामा कोणसभा हुने जानकारी दिए ।

बिहीबार खानेपानी शुल्क वृद्धि विरुद्ध भएको आन्दोलनमा प्रहरीले गरेको दमन गरेपछि विद्यार्थीहरू समेत आन्दोलनमा होमिएका छन् ।

उनीहरूले मेयर साम्पाङले प्रहरी दमनको जिम्मा लिँदै सार्वजनिक रुपमा माफी माग्नुपर्ने र खानेपानीको शुल्क वृद्धि फिर्ता लिनैपर्ने माग गरेका छन् ।

मेयर साम्पाङ अध्यक्ष रहेको खानेपानी बोर्डले ९ हजार ९ सय प्रतिशतसम्म शुल्क र महसुल वृद्धि गर्ने निर्णय गरेको उनीहरूले दाबी गरेका छन् । उक्त निर्णय खारेजीको माग गर्दै १० राजनीतिक दल चरणबद्ध आन्दोलनमा छन् । 

विद्यार्थी माथि भएको बल प्रयोगको घटनाप्रति मेयर साम्पाङले दुःख प्रकट गरेका छन् तर लिखित रुपमा आन्दोलनकारीलाई वार्तामा बोलाएका छैनन् ।

View : 120

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved