Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

राधाकृष्ण रथयात्राका लागि विभिन्न समिति गठन

१३ साउन २०८२, मङ्गलवार

विराटनगर । आगामी भदौ १ गते विराटनगरमा सम्पन्न हुने श्रीराधाकृष्ण रथयात्राको ५८ औं संस्करण सम्पन्न गर्न १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

दक्षिण एशियाकै दोस्रो ठूलो रथयात्राका रुपमा स्थापित श्रीराधाकृष्ण रथयात्रा ब्यवस्थित र भब्यरुपमा सम्पन्न गर्न राधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीको अध्यक्षतामा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो । सो समितिको मातहत रहने गरी १६ वटा उपसमितिहरु समेत गठन गरिएको छ । 

१६ वटा उपसमितिमध्ये रथ मार्ग संकेत निर्देशन उपसमितिका संयोजकमा सुभाष रिजाल छन् भने सह संयोजकद्वयमा सन्तोष साह र कुनाल गुप्ता छन् ।

झाँकी ब्यवस्था उपसमितिमा संयोजक हीरा थापा, सहसंयोजक अनिल रौनियार र रितेश अग्रवाल रहेका छन् । यस्तै रथ श्रृंगारमा आनन्द जाजू संयोजक र मितेश अग्रवाल सहसंयोजक चयन भएका छन् ।

सुपरिवेक्षण उपसमितिका संयोजक डम्बरबहादुर कार्की, प्राथमिक उपचारका संयोजक मीना जोशी तथा प्राविधिक उपसमितिका संयोजक दिपक प्रधान र सहसंयोजक विजय राजवंशीलाई तोकिएको छ ।  

त्यसैगरी स्वयमसेवक उपसमितिमा संयोजक पवन भट्टराई छन् भने सहसंयोजकमा विक्की कार्की, गोविन्द श्रेष्ठ र अर्जुन मण्डललाई राखिएको छ । 

प्रसाद ब्यवस्थापन समिति संयोजक मोहितकुमार लालवानी, सहसंयोजक सोनु रौनियार तथा पिउने पानी ब्यवस्थापन संयोजकमा सुनिल साह छन् । 

फोहोर ब्यवस्थापन संयोजक पुनम दाहाल, सोसल मिडिया विभाग संयोजक अभिषेक भट्टराई तथा सुभाष भण्डारी सहसंयोजक छन् ।

नगर श्रृंगार उपसमिति संयोजक लल्कु सहनी, मन्दिर श्रृंगार संयोजक सन्तोष भगत र विद्युत ब्यवस्थापन संयोजकमा मोहनप्रसाद गिरीलाई राखिएको छ । 

रथयात्रा समारोह समितिले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सो बिषयमा जानकारी गराएको हो । 

अध्यक्ष कैलाश रेग्मीले रथयात्राको गरिमालाई कायम राख्दै भब्य र सभ्यरुपमा सम्पन्न गर्न गठन गरिएको विभिन्न उपसमितिहरुले आफूले पाएको जिम्मेवारी अनुसार तीब्ररुपमा कार्य गरिरहेको बताए ।  

विसं २०२५ सालमा निर्माण गरिएको रथलाई बिस्थापित गरेर यसवर्ष नयाँ रथको निर्माण भइरहेको र ८० प्रतिशत निर्माण कार्यसमेत पूरा भइसकेको बताइएको छ ।

भदौ १ गते आइतबार अपरान्ह ३.३० बजे मन्दिर परिसरबाट शुरु हुने रथयात्रा महानगरको ९ किलोमिटर क्षेत्रको परिक्रमा गर्ने क्रममा ४४ स्थानमा विश्राम गर्ने तालिका छ ।

View : 328

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved