विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले सबै फार्मेसीबाट रिजर्भ एन्टिबायोटिक्स औषधिहरूको विक्री वितरण गर्न पाउनुपर्ने माग गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।
सोमबार विराटनगर आएका स्वास्थ्यमन्त्री पौडेललाई भेटेर संघका अध्यक्ष देशबन्धु ढकालको नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर गत फागुन २५ गते औषधि व्यवस्था विभागले रिजर्भ एन्टिबायोटिक्स औषधि अस्पतालभित्रका फार्मेसीले मात्र विक्री वितरण गर्न पाउने भनेर गरेको निर्णयलाई सच्याई सबै फार्मेसीले बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाउन माग गरेको हो ।
संघले बुझाएको ज्ञापनपत्रमा औषधि व्यवस्था विभागले गरेको उक्त निर्णयले अस्पताल बाहिरका फार्मेसीहरूलाई विस्थापित गर्नुको साथै करोडौंको लगानी डुब्ने अवस्था आएकोले औषधि व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन र लगानी सुरक्षित गर्न आग्रह गरिएको छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘विभागले रिर्जभ एन्टिबायोटिक्स औषधि अस्पतालभित्रका फार्मेसीले मात्रै बिक्री वितरण गर्न पाउने गरि गरेको निर्णयले तमाम औषधि व्यवसायीहरूलाई चिन्तित तुल्याएको छ । यस खालको निर्णयका कारण अस्पताल बाहिरका फार्मेसीहरू प्रत्यक्ष प्रभावित हुनुका साथै व्यवसायी यो पेशाबाट विस्थापित हुने र करोडौं लगानी डुब्ने खतरासमेत बढाएको छ ।’
संघले ज्ञापनपत्रमा भनेको छ, ‘विभागले कुनै वैज्ञानिक आधारबिना र एकतर्फी रूपमा निर्णय गरेको हुनाले यो गलत निर्णयलाई सच्याउन आग्रह गदर्छौै भनिएको छ ।
यसैगरी संघले संघीय सरकार तथा प्रदेश सरकारले स्वास्थ्य नीति तथा ऐन कानुनहरू बनाउँदा वा कुनै छलफल, गोष्ठीहरू गर्दा संघको प्रतिनिधित्व गराई नतिजामुखी बनाउनसमेत आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले यस विषयमा आपूmले विभागसँग बुझेर समस्या समाधान गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
View : 450
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved