Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

उद्‌घोष संवाददाता
४ मंसिर २०८२, बिहिवार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो ।

चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो। गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो ।

बिहीबार उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित हात पार्ने लक्ष्यमा छ ।

View : 152

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved