विराटनगर । विराटनगर–२ स्थित श्रृष्टि वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभामा असल बचतकर्ता, असल ऋणीका साथै शेयर सदस्यका सन्ततिहरुमध्ये २०८० को कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउनेहरुलाई सम्मानित गरिएको छ ।
साधारणसभाका प्रमुख अतिथि अर्थशास्त्री डा.भेषप्रसाद धमलाले सहकारीका असल बचतकर्ता विराटनगर–४ का दामोदर अग्रवाल र तारा परियार, असल ऋणी सदस्य कटहरी–१ का नरेशकुमार चौधरी र विराटनगर–२ की राधा राजवंशीलाई सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
त्यसैगरी शेयर सदस्यका सन्ततिहरुमध्ये २०८० सालको कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने छात्र सफल कोइराला र छात्रातर्फ कटहरी–१ की गरिमा दाहाललाई नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
सहकारीका अध्यक्ष भट्टराईले राष्ट्रिय अर्थतन्क्रमा सहकारीले सशत्त भूमिका निर्वाह गर्दै आएको भएपनि केही सहकारीहरुमा देखिएको आर्थिक विचलन र सहकारिता तथा वित्तीय क्षेत्रविरुद्व फैलाइएको भ्रामक प्रचारप्रसारले सहकारी क्षेत्र नै घेराबन्दीमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
साधारणसभाले सहकारीमा हाल १ हजार ८ सय ८१ जना शेयर सदस्यहरु रहेको र आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न गरेका आर्थिक तथा सामाजिक गतिविधिको विवरणसहितको वार्षिक प्रतिवेदन पारित गरेको जनाइएको छ ।
आर्थिक वर्ष ०७९/०८० मा २८ करोड ९१ लाख ९३ हजार २३६ रुपैयाँ ४३ पैसाको कारोवार गरेको संस्थाले चालु आव ०८०/०८१ का लागि कारोवारतर्फ ३२ करोड ९९ लाख ६९ हजार ५७६ रुपैयाँ ९८ पैसा, आम्दानी तर्फ २ करोड २१ लाख ६६ हजार ३४३ रुपैयाँ ४३ पैसा र खर्चतर्फ २ करोड १४ लाख १० हजार ९३३ रुपैयाँको अनुमानित आयव्यय विवरण पेश गरिएको जनाइएको छ ।
View : 158
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved