Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक जारी

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

विराटनगर । शनिबार सम्पन्न इलाम–२ को उपनिर्वाचनपछि अहिले मतगणनाको तयारी अघि बढेको छ । सदरमुकामस्थित सिटी हलमा मतगणना गर्नुअघि सर्वदलीय बैठक चलिरहेको छ ।

बैठकमा राजनीति दलका प्रतिनिधि, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको जनाइएको छ । 

इलाम–२ को उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

एक लाख १५ हजार ८८९ मतदाता मध्ये ६९ हजार २८७ मत खसेको जनाइएको हो । शनिबार राती १२ बजेदेखि मतगणना सुरु गर्ने भनिएपनि मतपेटिका संकलनमा समय लागेका कारण अहिले गणनाको तयारी अघि बढेको हो । 

इलाम–२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

इलाम–२ मा यसपटक एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

 

View : 48

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved