विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भैरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आइडिया छनोटमा परेका छन् ।
संघले सञ्चालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चारवटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन् ।
छनोट भएका उनीहरुले अब आइडिया स्टुडियो सिजन ९ मा सिधा प्रवेश पाएका छन् । संघले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न १० जिल्लाबाट ५२ आइडिया दर्ता भएको र क्याम्पमा सहभागी भई अन्तिम १५ छनोट गरिएको जनाएको छ ।
विराट एक्स्पोस्थलमा दैनिक आयोजना भैरहेको थिमेटिक सेसनकै क्रममा प्रस्तुत गरेका आइडियामध्ये विष्णु पोखरेल, जीवन कुसवाहा, भिजनप्रताप खत्री र आयुष आचार्यले प्रस्तुत गरेका आइडिया उत्कृष्ट ठहर गरिएका हुन् ।
उनीहरुको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रुपान्तरण गर्न संघले समन्वकारी भूमिका निर्वाह गर्ने अध्यक्ष अनुपम राठीले बताएका छन् ।
View : 87
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved