Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

आन्तरिक राजश्व कार्यालय विराटनगरमा तोडफोड, मोटरसाइकलमा आगजनी

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

विराटनगर । जेनजी समुहका प्रदर्शनकारीले विराटनगरको आन्तरिक राजश्व कार्यालयमा प्रवेश गरेर तोडफोड गरेका छन् । 

ट्राफिक चोकमा रहेको ट्राफिक प्रहरी पोष्टमा आगजनी गरेपछि उनीहरूले नजिकै रहेको आन्तरिक राजश्व कार्यालयमा प्रवेश गरेर ढुंगामुडा गर्नुका साथै पार्किङमा राखिएका सवारी साधन तोडफोड गरेका छन् । 

कर कार्यालयभित्र राखिएका सर्वसाधारणका मोटरसाइकल समेत तोडफोड गरिदिएका हुन् । कार्यालयको गेटमा प्रदर्शनकारीहरुले केहीथान मोटरसाइकलमा आगजनी समेत गरेका छन् ।

View : 321

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved