Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

सिङ्गिङ आइडलको फाइनलमा १५ जना छनोट

उद्घोष सम्वाददाता
७ पुष २०८०, शनिवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी ‘एभरेष्ट सिङ्गिङ आइडल–२०८०’ को सेमिफाइनल समीकरण पूरा भएको छ । तीन वटा तहमा भएका फरक–फरक प्रतिष्पर्धाबाट १५ जना फाइनलमा प्रवेश गरेको एभरेष्ट स्कुलकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् ।

उनका अनुसार कक्षा १ देखि ५, कक्षा ६ देखि ८ र कक्षा ९ देखि १२ सम्म गरी तीन वटा तहमा प्रतिष्पर्धा भएको हो । प्रि अडिसन, अडिसन, रिदमिक राउण्ड हुँदै सेमिफाइनलसम्मको स्पर्धा सम्पन्न भएको हो । 

कक्षा १ देखि ५ सम्मको स्पर्धामा कक्षा २ अन्नपूर्णका रायन भट्टराई, कक्षा ३ गौरिशंकरका आर्यमन दुलाल, कक्षा ५ मकालुका अविशा भण्डारी, कञ्चनजंघाका श्रीयांश खड्का र निपुन काफ्ले फाइनलमा पुगेका छन ।

यस्तै कक्षा ६ देखि ८ बीचको स्पर्धाबाट कक्षा ६ सगरमाथाका शिबम् पघिया, माछापुच्छ्रेकी आरोही तिम्सिना र अन्नपूर्णबाट सुवास्ना श्रेष्ठ, कक्षा ८ धौलागिरिबाट कृषा पोखरेल तथा गौरिशंकरबाट कृष्ण निरौला फाइनलमा प्रवेश गरे ।

यसैगरी कक्षा ९ देखि १२ को स्पर्धामा कक्षा ९ सगरमाथाकी स्मारिका आचार्य, अन्नपूर्णबाट यूनिशा न्यौपाने र सगरमाथाबाट श्रीदिमा प्रधान, कक्षा १२ को स्मिथबाट आर्या गुभाजू र पास्कलबाट पर्शु श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन । 

प्रतियोगिताको सेमिफाइनलको निर्णायकमा संगीत प्रशिक्षक तथा गायक कुशेश्वर राई रहेका थिए । माघको अन्त्यतिर हुने फाइनल स्पर्धाका हरेक तहका विजेतालाई १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार नगद सहित ट्रफी प्रदान गरिने इन्चार्ज डंगोलले बताइन् ।

View : 44

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved